राष्ट्रियसभाको बैठकमा पनि एमालेको अवरोध

राष्ट्रियसभाको बैठकमा पनि एमालेको अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ। बुधबारको राष्ट्रियसभाको बैठकमा पनि सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै एमालेले अवरोध गरेको हो।

अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन्।