ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हाे ।

ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।