काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेटवार्ता गरेका छन।
बिहीबार राष्ट्रपति निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।




प्रतिक्रिया