काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरु हर्तान्तो सुबोलोबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।बिहीबार जङ्गी अड्डामा प्रधानसेनापति शर्मा र राजदूत हेरु सुबोलोबीच शिष्टाचार भेटवार्ता भएकाे हाे ।
प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एव प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।




प्रतिक्रिया