काठमाण्डु – सिम्रिक एयर लिमिटेडले नेपाल नागरिक उड्डयन प्राधिकरणले नियोजित रुपमा आफ्नो एयरलाइन्सलाई वदनामित गर्न खोजेको दावी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न अटेरी गरेको र खराब वितीय अवस्था रहेको भन्दै शुक्रबारबाट उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले सिम्रिकले प्राधिकरणलाई ४६ लाख भन्दा बढी बक्यौता तिर्न बांकी रहेको भन्दै व्यवस्थापनले समेत अटेरी गरेकाले उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको बताएका थिए ।
तर, सिम्रिकले भने प्राधिकरणको दावीलाई खण्डन गर्दै भनेको छ ‘सिम्रिक एयर लिमिटेडको नाममा प्राधिकरणले मिति २०६०।०४।२१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाब मिलान गर्न आउन भनी पत्राचार गरी पत्रमा दिएको मिति अगावै बदनियतपूर्ण तरिकाले पूर्वाग्रह ढगंले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पु¥याउने उद्देश्यले कपोलकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस प्रेस विज्ञप्तिबाट खण्डन गर्न चाहन्छौँ ।
सिम्रिकका संचालक क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच पछिल्लो समय व्यक्तिगत लडाई सतहमा छ । सिम्रिकसंग अहिले ४ वटा हेलिकोप्टर छन् । थापा वायु सेवा संचालक संघको अध्यक्ष समेत हुन् । उनले हवाई क्षेत्रका समस्याहरुबारे बेला वेला सरोकारवाला निकायमा आवाज उठाउंदै आएका छन् । सिम्रिकले त्यही आवाज उठाएकै भरमा प्राधिरकणले आफ्नो कम्पनीमाथि प्रतिबन्ध लगाएको दावी समेत गरेको छ ।
सिम्रिक र प्राधिकरणबीच सात दिनभित्र हिसाब मिलान गर्ने सहमति भएपनि प्राधिकरणले एक दिनअघि नै सिम्रिकमाथि कार्वाही गर्ने निर्णय गरेको हो । यसले सिम्रिकको दावीमा सत्यता रहेको देखिन्छ ।







प्रतिक्रिया