काठमाण्डु – नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका छन् ।निर्माण व्यवसायी महासंघले आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका हुन् ।
ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेकाे छ । महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।
निर्माण व्यवसायीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन्। त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ।







प्रतिक्रिया