बाढीमा दाउरा टिप्न गएका तीन जना बेपत्ता

बाढीमा दाउरा टिप्न गएका तीन जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।