सुन प्रकरणका अभियुक्तसँग आफ्नो सम्पर्कबारे कुनै आधार नभएको पूर्व आईजीपी सिंहको स्पष्टीकरण

सुन प्रकरणका अभियुक्तसँग आफ्नो सम्पर्कबारे कुनै आधार नभएको पूर्व आईजीपी सिंहको स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका पूर्व आईजीपी धिरजप्रताप सिंहले सुन प्रकरणका अभियुक्तसँग आफ्नो निरन्तर सम्पर्क हुने भनी आएको समाचारमा कुनै आधार नभएको स्पष्टीकरण दिएका छन् ।

काठमाण्डुपाटी डटकमलाई पत्र प्रेषित गरेर उनले समाचार भ्रामक, कपोकल्पित भएको र कुनै आधार नरहेको स्पष्टीकरण दिएका हुन् । सिंहले समाचारले आफ्नो व्यक्तिगत चरित्र,आचरण र ख्यातीमा दखल पुर्याएको भन्दै समाचार भ्रमणपूर्ण भएको दावी गरेका छन् ।

काठमाण्डुपाटी डटकमले ‘१ सय किलो र ९ किलो सुनका मुख्य अभियुक्तसँग प्रहरीका दुई पूर्व प्रमुखको निरन्तर सम्पर्क’ शीर्षकमा समाचार लेखेको थियो । सुन प्रकरणको अनुसन्धानमा संलग्न स्रोतहरूबाट प्राप्त सूचनाका आधारमा समाचार प्रकाशित गरिएको थियो । सूचनाका सन्दर्भमा प्रतिक्रिया लिँदा सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा हुँदा सम्पर्क भएको हुनसक्ने स्वीकारेका थिए ।

पूर्व प्रहरी महानिरीक्षकले सिंहले काठमाण्डुपाटीसंग कुरा गर्दै भनेका थिए ‘म उनलाई चिन्दैन । त्यो नामको मान्छेसंग सम्र्पक भएजस्तो पनि मलाई लाग्दैन । त्यस्ता नामका मान्छेहरु सिआईबीमा हुंदा सुचना लिन पनि आउने गर्थे । मलाई ठयाक्कै याद छैन ।’

सुन तस्करीका मुख्य नाईके दावा छिरिङले प्रयोग गर्ने मोवाइलबाट भने राजस्व अनुसन्धानका अधिकारीले सिंहसंग उनको सम्पर्क भएको प्रमाण फेला पारेको थियो । जुन समाचार काठमाण्डुपाटीले प्रकाशित गरेको थियो ।