काठमाण्डु- विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले बिबिएस दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) ले विज्ञप्ति जारी गर्दै ६३ जना विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नहरुलाई कारबाही र विद्यार्थीलाई परिक्षा दिने वातावरण सृजना गर्न माग गरेको हो । नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत ६३ जना विद्यार्थीहरुले यहि श्रावण २९ गतेबाट सुरु भएको व्यवस्थापन संकाय दोस्रो बर्षको परीक्षा दिन पाएका छैनन् ।
“ स्थापनाकाल देखी नै विधार्थीहरुको हक, अधिकारको रक्षासंगै सर्वाङ्गिण विकासका लागि निरन्तर संघर्ष गरिरहेको बिषय सर्वविदितै छ । यसै सन्दर्भमा नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत ६३ जना विद्यार्थीहरुले २०८० श्रावण २९ गतेबाट सुरु भएको व्यवस्थापन संकाय दोस्रो बर्षको परीक्षा दिन नपाएको घटनाले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । कथित विद्यार्थी नेताहरूले विद्यार्थिहरुबाट पैसा समेत उठाएर परिक्षा फारम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा नपठाउनु विधार्थीहरुको भविष्यमाथिको गम्भिर खेलवाड हो । क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थिहरूलाई छात्रवृत्ति उपलब्ध गराउने तर विद्यार्थिहरुबाट पैसा असुल गर्ने यस प्रकारको घृणित हर्कत रोक्न राम्रो संगठन सम्बन्धित पक्षलाई कडा चेतावनी दिन चाहन्छ । हाम्रो संगठन उक्त अक्षम्य अपराधमा संग्लग्नहरुलाई कडा कार्बाही गरी विद्यार्थिहरूलाई परिक्षा दिने वातावरण सृजना गर्न त्रिविलाई विशेष अनुरोध गर्दछ । अन्यथा विद्यार्थीहरुको भविष्य बर्बाद हुने परिस्थितिमा संगठन जस्तोसुकै कडा कदम चाल्न बाध्य हुनेछ ।”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया