काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा जाने भएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू अमेरिका भ्रमणमा जान लागेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जान लागेका हुन् । उनले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।
उनी राष्ट्रसंघको महासभामा भाग लिने क्रममा ५ दिनसम्म अमेरिकामा रहनेछन्। त्यहाँबाटै उनी चीनको बेइजिङतर्फ लाग्ने भएका छन्। असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका सार्वजनिक गरेका प्रचण्डले आफू असोज ६ र ७ गते बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता हुने बताए ।




प्रतिक्रिया