परशुरामकी अमृताको हत्या आरोपमा एक जना पक्राउ, काे हुन् पक्राउ परेका व्यक्ति ?

परशुरामकी अमृताको हत्या आरोपमा एक जना पक्राउ, काे हुन् पक्राउ परेका व्यक्ति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  डडेल्धुराको परशुराम नगरपालिकाकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्।

मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो। उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए।

नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ।