दुई देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

दुई देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालका लागि बेलायतका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उनीहरूले बिहीबार दिउँसो शीतल निवास पुगी राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।