पत्रकारको नाममा मनोजको दादागिरी: सामाजिक सञ्जालमा खुलेआम गालीगलौज

पत्रकारको नाममा मनोजको दादागिरी: सामाजिक सञ्जालमा खुलेआम गालीगलौज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनमुक्ति डटकमका कार्यकारी सम्पादक मनोज रावतले सामाजिक सञ्जालमा गाली गलौज गरेका छन् । मनोज रावतले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका स्थानीय मोहन धामीलाई सामाजिक सञ्जाल फेसबुकमा गालिगलौज गरेका हुन् ।

धामीले फेसबुकमा गरेको एउटा पोष्टमा कमेन्ट गर्दै रावतले अपशब्द प्रयोग गरेका छन् । पत्रकार भएर अपशब्द बोलेको भन्दै रावतको सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ ।

जिम्मेवार ब्यक्ति भएर सार्वजनिक रुपमा गालीबैजती गर्न कसैलाई छुट नभएको भन्दै रावतमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । मोहन धामीले रावतले आफूलाई समय समयमा गालिगलौज गरेर मानसिक यातना दिने गरेको बताए । उनले सञ्चारकर्मी भएर जनताको हितका लागि बोल्नुको साँटो रावतले दादागिरि गरेको गुनासो गरे ।

‘मैले हिजो अमृता राउटे बैनिको मृत्यु भयो भनेर समाचार आउदा त्यो सामान्य मृत्यु होइन हत्या हो घटनास्थल हेर्दा । नत नदिले बगाएको देखिन्छ, न पानिमा डुबेको देखिन्छ। हिजो अस्मिता धामीको हत्या हुदाँ पनि प्रहरी प्रशासनले हत्यारालाई कारबाही गर्न सकेन त्यसैले अमृता राउटे बैनिको पनि हत्या हुनसक्छ । त्यसैले पत्रकारहरुमा समाचार लेख्न हिम्मत हुनुपर्छ भन्दाँ मलाई त सिकाउने को होस् भनेर गालिबेजति गर्नुभयो मनोज रावतले । मलाई मानसिक यातना दिइरहनु भएको छ ।’, उनले भने ।

यता मनोज रावतले भने मोहन धामीले पहिला गाली गरेपछि आफूले पनि जवाफ फर्काएको बताएका छन् । ‘ पहिला मोहन धामीले गाली गर्नुभयो अनि मेलै पनि जवाफ फर्काएको हुँ । त्यसपछि उनले मैले गरेको कमेन्ट भाइरल गर्नु भएको हो ।’, रावतले भने ।