काठमाण्डु – बङ्लादेशबाट एकैपटक करिब ७ सय पर्यटक नेपाल आएका छ्न । आज र भाेलिगरि फरक-फरक विमानमार्फत ७ सय बंगाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो ।
योसँगै पर्यटन बोर्डले पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिएको छ । पहिलो लटमा करिब २५० पर्यटक शुक्रबार बिहान ११ः ३० बजे त्रिभुवन विमानस्थल अवतरण गरेका छन ।
पहिलो टोली बङ्लादेश बिमानबाट आएका छ्न । अरु टोलिहरु आज साँझ हिमालय एयरलाइन्सबाट अरु भोलि दुइवटा चार्टर बिमान बङ्लादेशबाट आउने पर्यटन बोर्डले जनाएकाे छ ।
कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बङ्लादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को सात महिनामा बङ्लादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्लादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्लादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ ।
यसअघि सन् २०२२ मा बङ्लादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् ।







प्रतिक्रिया