काठमाण्डु- रसुवाको स्याफ्रुबेसीबाट २ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले दुई किलो सुनसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पालाई पक्राउ गरेको हो ।
मोटरसाइकल चढेर टिमुरेबाट काठमाण्डुतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ । स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो ।




प्रतिक्रिया