जापानमा हुने स्मार्ट शहरसम्बन्धी प्रशिक्षणमा बालेन, भरत जोशी र गोपाल हमाल सहभागि हुने

जापानमा हुने स्मार्ट शहरसम्बन्धी प्रशिक्षणमा बालेन, भरत जोशी र गोपाल हमाल सहभागि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुखले सहभागिता जनाउने भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीले कार्यक्रममा सहभागिता जनाउने भएका हुन् ।

उनीहरु सहभागी कार्यशालमा थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, सेबु, दाभाओलगायत १८ सहरका प्रमुखलाई पनि सहभागी हुने छन् ।

संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ । प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ ।