सशस्त्र प्रहरीमा डिआईजी र एसएसपीको सरुवा : लुम्बिनी प्रमुखको जिम्मेवारी खत्रीलाई

सशस्त्र प्रहरीमा डिआईजी र एसएसपीको सरुवा : लुम्बिनी प्रमुखको जिम्मेवारी खत्रीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुसशस्त्र प्रहरीका डीआईजीहरूको सरुवा भएको छ । सशस्त्र प्रहरी बलको प्रतिष्ठानमा प्रमुख रहेका डीआईजी अभिकुमार खत्रीको लुम्बिनी प्रदेश र कार्यविभागमा रहेका डीआईजी कमल गिरीको प्रतिष्ठानमा सरुवा भएको छ ।

लुम्बिनी प्रदेशका प्रमुख डीआईजी विदुर खड्काले अवकाश पाएपछि खत्रीलाई लुम्बिनीको जिम्मेवारी दिइएको हो । उनी सशस्त्रका वरिष्ठतम् डीआईजी हुन् । खत्रीले यसअघि कर्णाली प्रदेशमा डीआईजी भएर काम गरेका थिए । 

गृह मन्त्रालयले सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा सोमबार डीआईजीहरूको सरुवा गरेको हो । सोमबार नै सशस्त्रमा एसएसपीहरूको समेत सरुवा भएको छ । 

सरुवाअनुसार विनोदराज श्रेष्ठलाई राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलाली, प्रवीण कँडेललाई जवान तालिम शिक्षालय बाँके, दिग्विजय सुवेदीलाई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भूपेन्द्र केसीलाई मानवस्रोत विभागमा सरूवा गरिएको छ । 

एसएसपीहरू नीरकृष्ण अधिकारीको बडिमालिका जवान तालिम शिक्षालय कैलाली, कमलप्रसाद तिउसिनालाई पाथिभरा जवान तालिम शिक्षालय झापा, किरण बस्नेतलाई कार्य विभाग, उद्धवबहादुर न्यौपानेलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई सीमा सुरक्षा विभागमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।