अपार्टमेण्टलाई अस्पताल बनाउन चलखेल,स्वास्थ्यसचिव नै स्विकृती दिने लविङमा

अपार्टमेण्टलाई अस्पताल बनाउन चलखेल,स्वास्थ्यसचिव नै स्विकृती दिने लविङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आवासीय प्रयोजनका लागि निर्माण गरिएको काठमाडौं घट्टेकुलोस्थित ‘अपार्टमेन्ट’ लाई स्वास्थ्य मन्त्रालयले गठन गरेको स्थलगत अनुगमन समितिको रायसुझाव लत्याउँदै अस्पताल सञ्चालन अनुमति दिन स्वास्थ्य मन्त्रालयमा व्यापक चलखेल सुरु भएको छ। काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी दिएकोे निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठित स्थलगत अनुगमन टोलीले बुझाएको प्रतिवेदनलाई बेवास्ता गर्दै अस्पताल सञ्चालको स्वीकृति प्रदान गर्न लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु-याल नेतृत्वको अनुगमन टोलीले २०७५ असार २४ गते स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेज प्रालिलाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नका लागि मापदण्ड नपुगेको र अनुपयुक्त रहेको प्रतिवेदन बुझाए पनि स्वास्थ्य मन्त्रालयको एउटा खेमा स्थलगत अनुगमन प्रतिवेदनलाई अस्वीकार गर्दै उक्त ‘अपार्टमेन्ट’ लाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नुपर्ने पक्षमा उभिएको छ।

काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ बमोजिम तीन सय शड्ढयाको अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनेर निवेदन दिए पनि पचास शड्ढयाको अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्न पनि उपयुक्त नरहेको अनुगमन टोलीको निष्कर्ष।

काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ बमोजिम तीन सय शड्ढयाको अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनेर निवेदन दिए पनि पचास शड्ढयाको अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्न पनि उपयुक्त नरहेको स्थलगत अनुगमन⁄निरीक्षण टोलीका एक सदस्यले नागरिकसँग बताए। तर, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी दुई सय शड्ढयाकै भए पनि काठमाडौं नेसनल मेडिकल कलेज प्रालिलाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नुपर्ने जोडबलमा रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए। आजको नागरीक दैनिकमा समाचार छ ।