तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै भोलि विरोध सभा गर्ने

तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै भोलि विरोध सभा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै भोलि शुक्रबार विरोधसभा गर्ने भएको छ ।

तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ ।

खुकुरी आक्रमण गरिएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।

आज बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेलामा तरुण दलका अध्यक्ष विद्धान गुरुङले गृहमन्त्रीको राजीनामा माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए ।

तरुण दलले भोलि शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर विरोधसभा एवं र्‍यालीको कार्यक्रम आयोजना गर्ने भएको छ । विरोध सभा अघि शुक्रबार विरोध र्‍याली बागबजार, पुतलीसडक हुँदै फेरि रत्नपार्कमा आएर कोण सभामा परिणत हुने तरुण दलले जानकारी दिएको छ ।