काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बु र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।
शुक्रबार कांग्रेस निकट भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध सभामा उनले डिएसपी लिम्बूसहित उनको परिवारलाई नै सखाप पारिदिने धम्की दिएका हुन् ।
कांग्रेसको नेतृत्वका सरकार भएको बेलामा बाबुआमादेखि छोराछोरीसम्म खोजेर मार्ने अभिव्यक्ति उनको थियो ।
सांसद हाङगामले दिएको हिंसात्मक अभिव्यक्ति:
तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस ? कस्तो लुगा लाउँछस् ? तेरो तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि,खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज । तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि रु देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।




प्रतिक्रिया