मैले हितैषी मित्र र सुख दुःखको साथी गुमाएँः अध्यक्ष ओली

मैले हितैषी मित्र र सुख दुःखको साथी गुमाएँः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभइ हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका हुन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो,’ उनले भने । लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले भने, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली।’ संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो ।