नेपाली राजनीतिमा नेम्वाङको अभाव सुरु भएको छ : सचेतक बर्तौला

नेपाली राजनीतिमा नेम्वाङको अभाव सुरु भएको छ : सचेतक बर्तौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाली राजनीतिमा सुवासचन्द्र नेम्वाङको अभाव महसूस आजैबाट सुरु भएको बताएका छन् ।

आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा शोक पारित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद बर्तौलाले नेपालको राजनीतिले अभावको क्षतिपूर्ति गर्नका लागि निकै लामो समय कुर्नुपर्ने बताए ।

‘नेपाली राजनीतिमा उहाँको अभाव महसूस आजैबाट सुरु भइसक्यो,’ उनले भने, ‘नेपालको यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्छ ।’

सिंगो देशले निकै ठूलो अभाव महसूस गर्ने सांसद बर्तौलाले बताएका छन् ।