प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषदको बैठक बस्दै छ । आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसका तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसुचीमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन ।