काठमाण्डु- ईः र काठमाण्डु महानगरपालिकाबीच सहमति जुटेको छ । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाण्डु महानगरपालिकाबीच बुधवार साँझ सहमति जुटेको हो ।
यससँगै अभियान्ता ईः को आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।
काठमाण्डु महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।





प्रतिक्रिया