अझैँ सुरु भएन एमाले बागमतीको चुनावी प्रक्रिया

अझैँ सुरु भएन एमाले बागमतीको चुनावी प्रक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहान हुने भनिएको निर्वाचन अझैँ सुरु हुन सकेको छैन। बिहान ८ बजे नै सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म चुनावी प्रक्रिया सुरु हुन नसकेको हो ।

निर्वाचनका लागि सार्वजनिक कार्यतालिका अनुसार बिहीबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने भनिएपनि यो समाचार तयार पार्दासम्म मतदाताको अन्तिम नामावली समेत प्रकाशित गरिएको छैन ।

पहिलो पटक भएको अधिवेशनमा अध्यक्ष पदका पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्।