काठमाण्डु- दोलखाको सिंगटीबाट चार किलो सुन बरामद गरिएको छ । प्रहरीले चार किलो तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको जनाइएको छ ।तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




प्रतिक्रिया