जसपा अध्यक्ष यादव अमेरिका जाँदै

जसपा अध्यक्ष यादव अमेरिका जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् ।

अध्यक्ष यादव भोलि शुक्रबार बिहान अमेरिका जान लागेका हुन् ।

एशोसिएशन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेका पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्किने जनाइएको छ ।