एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु

एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) काे बागमती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान सुरु भएको हो । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा गएको हो । प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् ।

यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।

सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उमेदवारी दिएका छन् । दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकाल छन् । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।