मन्त्री बस्नेतले गरे जाजरकोट बहुप्राविधिक शिक्षालय भवन उद्घाटन

मन्त्री बस्नेतले गरे जाजरकोट बहुप्राविधिक शिक्षालय भवन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् ।

भवन अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरू अब कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका–५ काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय ५ करोड १८ लाखमा निर्माण भएको छ ।

भवन रोयल कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो ।

मन्त्री बस्नेतले विद्यार्थीलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिए । उनले शिक्षालयमा नयाँ कार्यक्रम समेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताए ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्व शान्ति मन्त्री सत्यपहाडी, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो ।