सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ: गृहमन्त्री श्रेष्ठ

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ: गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डु महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उहाँले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताएका हुन् ।
“यति समयमा गन्तव्यमा पुग्छौँ भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो”, गृहमन्त्री श्रेष्ठले भने, “सडक जामले मानिस समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्छ ।”
उनलेले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको जानकारी दिएका छन् ।
सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताए ।  “सडक दुर्घटनाबाट हुने दुःखद् स्थितिको अन्त्य गर्नु, त्यसलाई प्रभावकारीरुपमा न्यूनीकरण गर्न सचेत पहलकदमी गर्नु सबैको जिम्मेवारी हो”, उनले भने ।