विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।
आइतबार रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । आइतबार राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।
सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । मतगणना केहीबेरबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।




प्रतिक्रिया