काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन ।
सो अघि सो बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताबमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।साथै,पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।




प्रतिक्रिया