दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् ।
बडादशैं, दीपावली, छठ एवं नेपाल संवत्को अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कार खराब प्रवृत्तिका विरुद्धमा सुधारको पक्षमा काम गरिरहेको बताए ।
उनले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने बताए ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले नेपालमा सीमाका कारण लागूपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष साधवधानीपूर्वक अभियान थाल्नुपर्ने बताए ।
उनले समाजमा बढ्दो दुव्र्यसनी हटाउन गृह मन्त्रालयको मात्रै पहलकदमी कमी भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले पछिल्लो समय घरपरिवारका अभिभावकले बालबालिकामा कार्यव्यस्तताका कारण चासो नदेखाएका कारण दुव्र्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकले चासो बढाउनुपर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले पालिकातर्फबाट लागूपदार्थ दुव्र्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताए ।
उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागूपदार्थ दुव्र्यसनीमा बढिरहेकाले नियन्त्रणमा सबैको सहयोग, चासो अपरिहार्य रहेको बताए ।




प्रतिक्रिया