काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।
डा. भट्टराईले ९४ वर्षीय बुवा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका छन् ।
टीका ग्रहणपछि भट्टराईले राष्ट्रिय सांस्कृतिक पर्वलाई संस्कृति र निजी/पारिवारिक मामिलामा कायम राख्न अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धर्म र संस्कृतिको संवेदनशील विषयलाई राजनीतिमा घोलेर विषाक्त नबनाऊँ ।’




प्रतिक्रिया