उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् ।

१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

मन्त्री श्रेष्ठ कात्तिक ३ गते नै स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले कात्तिक ८ गते मात्रै स्वदेश फर्किएका हुन् ।