विदेशीलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघात हो : प्रभु साह

विदेशीलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघात हो : प्रभु साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघात भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले आपत्ति जनाएका छन् ।

बडादशैं, दीपावली, छठ पर्वसहित विभिन्न चाडपर्वको अवसरमा आज शुक्रबार बाराको बेलहिया बजारमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले टोपीधारी बेलायतीले नेपालमा रहेका धनसम्पत्ति विदेशमा लैजान लागेकाले यस्तालाई नागरिकता दिन नहुने बताए ।

‘इन्डियामा ब्रिटिसहरू आउँदा पैसा कमाएर जहाजभरी भारतबाट ब्रिटिस पैसा लैजान्थे, थोरै पैसा लागानी गर्थे तर भारतको पैसा उनीहरूले जहाजमा भरेर ब्रिटिस लैजान्थे,’ साहले भने, ‘नेपालको नागरिकता त्यागिसकेकालाई फेरि किन नागरिकत्ता दिनुपर्‍यो ? नेपालमा रहेका उनीहरूले सम्पत्ति बेचेर विदेश लैजान्छन् । उनीहरूलाई नेपालमा लगानी गर्ने चिन्ता छैन । नेपालमा भएको सम्पत्ति कसरी विदेश लैजाने, त्यसको चिन्ता मात्रै छ । नेपालमा गैरआवासीय नागरिकलाई लगानी गर्न कुनै बन्देज छैन । तैपनि उनीहरूलाई नागरिकता दिएर नेपाललाई आर्थिक रूपमा अझै कमजोर बनाउने षड्यन्त्र मात्रै हो ।’