कोशी सरकारमा गठबन्धनका सबै दललाई सहभागी हुन नदिने एमालेको अडान

कोशी सरकारमा गठबन्धनका सबै दललाई सहभागी हुन नदिने एमालेको अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको समर्थनमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारबारे छलफल अगाडि बढाएका छन् ।

प्रमुख सत्ता सहयात्री एमालेसँग छलफल गर्दा मुख्यमन्त्री कार्कीले केन्द्रीय सत्ता गठबन्धनका सबै दललाई सरकारमा सहभागी गराउन नपाउने भएका छन् । गठबन्धनका सबै दल सरकारमा सहभागी हुने भए एमालेले सरकारमा नरहने अडान लिएको छ ।

सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीमध्ये कुनै १ दललाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको प्रमुख सचेतक भण्डारीले जानकारी दिए । उनले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई सरकारमा सहभागी गराए एमाले सरकारमा बस्न नसक्ने अडान राखेको बताए ।

कांग्रेसले पनि गठबन्धन भित्रको कुनै १ दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांगे्रस सांसद शमशेर राईले बताए ।