राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

राष्ट्रिय सभाको आज मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाबाट उत्पत्ति भएको विधेयक अब प्रतिनिधि सभामा जानेछ ।

राष्ट्रिय सभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न १ बजे बस्नेछ ।