महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ठूलो योगदान : माओवादी

महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ठूलो योगदान : माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले ठूलो योगदान पुर्‍याएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले नेपाल भ्रमण क्रममा दिएको अभिव्यक्तिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दलहरूलाई सघाएको बताए ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलबीच संवाद भइरहेको उनले बताए । दलहरूबीच १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षा सहितको बैठक बस्नुपर्ने सहमति जुटेको उनले बताए ।

प्रवक्ता सापकोटाले इतिहासको चक्का पछाडि फर्किन नसक्ने भन्दै परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए ।