ओलीको प्रश्न : एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हो र ?

ओलीको प्रश्न : एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हो र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मूर्खहरूले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।

आज शुक्रबार काठमाण्डुमा राष्ट्रिय युवासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए ।

नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै उनले भने, ‘कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’

नेपालमा राजतन्त्रले दुःख दिनेबाहेक केही नगरेको उनले बताए । उनले भने, ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्, त्यस्तो बेलामा युवासंघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ !’

युवासंघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे । ‘प्रतिक्रियावादीहरूले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठीक छ, सडकमै भेटौं । दिन र ठाउँ तोकेर भेट्न तयार छ युवासंघ,’ उनले भने ।