पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।

कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्रमा छ ।