प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देललाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको निर्णय बमोजिम उनको पदोन्नति भएको हो ।

विक्रम संवत् २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल विक्रम संवत् २०४३ फागुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी विक्रम संवत् २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, सम्भाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

भारत, इण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी सिग्देलले चीनबाट एनडीसी तालिम सम्पन्न गरेका छन् ।

उनी युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी भएका छन् ।

शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले रथी सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोषबल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतका साथै परिवारजनको उपस्थिति थियो ।