जहाजमा ड्रोन आक्रमणपछि अरब सागरमा ३ भारतीय युद्धपोत तैनाथ

जहाजमा ड्रोन आक्रमणपछि अरब सागरमा ३ भारतीय युद्धपोत तैनाथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय नौसेनाले मुम्बई बन्दरगाहमा एमभी केम प्लुटो जहाजको प्रारम्भिक निरीक्षण गरेको छ।

अनुसन्धानपछि जलसेनाले पश्चिमी तट नजिकै ड्रोनबाट आक्रमण भएको बताएको छ । तर, आक्रमण कहाँबाट आएको हो र त्यसका लागि प्रयोग गरिएको विष्फोटक पदार्थ फरेन्सिक र प्राविधिक अनुसन्धानपछि मात्र थाहा हुनेछ ।

समाचार एजेन्सी पीटीआईका अनुसार नौसेना अधिकारीहरूले भनेका छन्, ‘अरब सागरमा व्यावसायिक जहाजहरूमा बढ्दो आक्रमणलाई ध्यानमा राख्दै नौसेनाले लामो दूरीको पी ९ आई गस्ती विमानहरु युद्धपोत आईएनएस मोर्मुगाओ, आईएनएस कोची र आईएनएस कोलकातालाई निगरानीको लागि तैनाथ गरिएको छ ।’

भारतीय नौसेनाको एन्टी एक्सप्लोसिभ अर्डनेन्स टोलीले सोमबार मुम्बई पुग्दा अरब सागरमा ड्रोन आक्रमणको सामना गरेको लाइबेरियाको झण्डा भएको व्यापारी जहाज एमभी केम प्लुटोको विस्तृत निरीक्षण गरेको थियो।

एमभी केम प्लुटोपरमाथि शनिबार आक्रमण भएको थियो । इजरायल-हमास युद्धको बीचमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर र एडेनको खाडीमा केही व्यावसायिक जहाजहरूलाई लक्षित गर्न सक्ने चिन्ताहरू थियो र यी चिन्ताबीच एमभी केम प्लुटोमा ड्रोन आक्रमण भएको थियो।