सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले पुस ३ मा अवकास पाएसंगै सेनाको बढुवा समितिले उनको ठाउंमा वरियतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी दिए ।

सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासंगै उनि भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन् ।

उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठेपनि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो ।

थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनि तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए ।