सुन तस्करी प्रकरण : यूएईमा पक्राउ परेका गोरे ग्याङका नाइकेलाई नेपाल ल्याइयो

सुन तस्करी प्रकरण : यूएईमा पक्राउ परेका गोरे ग्याङका नाइकेलाई नेपाल ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मूख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइएको छ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो।

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए। बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएको अनुसन्धानबाट खुलेको थियो।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको बेला पक्राउ परेका थिए। उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे। उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए। दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ । श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।