चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ नियुक्त

चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ नियुक्त


काठमाण्डु – चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुनलाई नियुक्त गरिएकाे छ ।

ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको करिब दुई महिनापछि चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको शुक्रबार बेइजिङमा भएको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका हुन्।

६२ वर्षीय डोङ जुन पूर्व नौसेना कमाण्डर हुन्। उनलाई अगस्ट २०२१ मा नौसेनाको कमाण्डर बनाइएको थियो। डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमाण्डको उप-कमाण्डरको रूपमा काम गरेका छन्। उनको काम दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रमा पनि भएको छ।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो। यस वर्ष रक्षामन्त्रीको पदबाट ली साङफु बाहेक किन ग्याङलाई पनि विदेशमन्त्रीको पदबाट हटाइयो।

यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । दुवै सात महिना मात्र आफ्नो पदमा रहे।यो साता पनि केही अधिकृतलाई बर्खास्त गरिएको छ ।