काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका फरार आरोपी कास्की जिल्ला अदालतमा हाजिर भएका छन् ।
सहकारीको रकम अपचलन आरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आईटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका छन् ।
दुवैविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनीहरू फरार भएका थिए ।
आज मंगलबार भोटे र अर्याल कानून व्यवसायीसहित अदालत उपस्थित भएपछि थुनछेक बहस चलिरहेको छ ।
ठगी प्रकरणमा यसअघि उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन् । दुवैलाई अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको छ ।
सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ भने १५ जना फरार छन् ।




प्रतिक्रिया