विभिन्न स्थानमा ४ जना मृत फेला

विभिन्न स्थानमा ४ जना मृत फेला


काठमाण्डु – देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् ।

काठमाण्डु महानगरपालिका–६ नयाँबस्तीस्थित सडक पेटीमा सर्लाहीको नवलपुरका ६२ वर्षीय कौशल भण्डारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित राजु केसीको खाली घरमा बस्ने दशरथचन्द नगरपालिका–३ घर भएका ३६ वर्षीय नरेश नाथ घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–३ नागी बस्ने ६६ वर्षीया क्षमा राई सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुड पार्कको रेलिङभित्र रहेको फलामको बेन्चमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।