घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ। पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन्। कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन्।

आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन्। अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको छ।

हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ। दशैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।