प्युठान – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कारागार कार्यालय खलंगा प्युठानमा रहेका कैदीबन्दीलाई १ दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्युठानको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला ८ जना र पुरुष ८५ जना गरी जम्मा ९३ जना थुनुवाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापा लगायत प्युठान अस्पतालका स्वास्थ्यकर्मीको उपस्थिति थियो ।




प्रतिक्रिया